जेनजी प्रदर्शनकारीहरुको प्रदर्शनका कारण बिर्तामोड नगरपालिका तनावग्रस्त भएको छ ।
आज दिउँसो ३:१५ देखि बिर्तामोड नगरपालिका वडा नं.३ बिर्ताबजारस्थित नगरपालिका कार्यालय अगाडि भेला भएका आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो ।
प्रहरीले आन्दोलनकारीहरुलाई तितरबितर बनाउने प्रयास गरिरहेको छ भने आन्दोलनकारीहरुले प्रहरीमाथि ढुङ्गा प्रहार गरिरहेका छन् । प्रदर्शनकारीहरुले ढुंगा प्रहार गरी नगरपालिकाको धेरै सीसा तोडफोड गरेका छन् ।
Advertisement







