मेची नदीले बगाएर एक जनाको मृत्यु भएको छ ।
भद्रपुर नगरपालिका-३ भैसाबारीस्थित मेची नदीले बगाएर कचनकवल-६ पैनीटोला बस्ने ६५ वर्षीय सोनुलाल मुर्मुको मृत्यु भएको हो ।
भारतमा रहेकी छोरीको घर जाने क्रममा मेची खोला तर्ने क्रममा उनलाई बगाएको थियो । खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा स्थानीयले देखेर खोलाबाट बाहिर निकाली हेर्दा मुर्मु मृत अवस्थामा फेला परेका थिए ।
Advertisement
घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।







