अफगानिस्तानमा भूकम्पमा परी आठ सय जनाभन्दा बढीको मृत्यु भएको छ ।
स्थानीय समय अनुसार आइतबार मध्यरातमा पाकिस्तानको पाँचौं ठूलो शहर जलालाबादबाट २७ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो ।
पूर्वी अफगानिस्तानमा गएको भूकम्पबाट अन्य कम्तीमा दुई हजार आठ सय जना घाइते भएका तालिबानी अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
Advertisement
भूकम्पका कारण पहाडी क्षेत्रमा पहिरोले सडकहरू अवरुद्ध हुँदा उद्धार कार्य पनि प्रभावित भएका खबरमा उल्लेख छ ।
तालिबान सरकारले दुर्गम भेगमा उद्धार गर्न तथा प्रभावित क्षेत्रमा रहेका मानिसहरूसम्म पुग्न हेलिकप्टरहरू प्रयोग गरेका छन् । धेरैजसो भूकम्पको क्षति कुनार प्रान्तमा भएको ठानिएको छ जसको झन्डै ९० प्रतिशत भू-भाग पहाडी रहेको छ ।







