• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडका भूमिहिन सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण


  •    संवाददाता/ सोमबार, भदौ १६, २०८२  

  • बिर्तामोड नगरपालिकाले भूमिहिन सुकुम्बासी ९ जनालाई जग्गाको धनीपुर्जा वितरण गरेको छ ।

    नगरपालिकामा आइतबार आयोजित कार्यक्रममा वडा नं.७ का ९ जनालाई नगरप्रमुख पवित्रा महतारा प्रसाईले धनीपुर्जा वितरण गरेकी हुन् ।

    Advertisement

    धनीपुर्जा प्राप्त गर्नेहरुमा निरानध्वज लिम्बु (२ कट्ठा ४ धुर), अमृतबहादुर लिम्बु (२ कट्ठा १७ धुर), निर्मला लिम्बु (१० धुर), हरिकला मगर (१ कट्ठा ९ धुर), मसीप्रकाश राई (७ कट्ठा ५ धुर), आईतराज लिम्बु (१ कट्ठा ७ धुर), मैतीमाया लिम्बु (९ कट्ठा १८ धुर), गुरुदेव घिमिरे (१ कट्ठा साढे १८ धुर) र कृष्णबहादुर थापा (६ कट्ठा ५ धुर) रहेका छन्। यसअघि बिर्तामोड नगरपालिकाले तीन जनालाई धनीपुर्जा वितरण गरेको थियो।

    Advertisement

    उक्त अवसरमा बोल्दै नगरप्रमुख प्रसाईले आवश्यक प्रक्रिया पूरा भएकाहरुलाई छिट्टै धनीपुर्जा वितरण गरिने बताइन् । यसका लागि आयोगको नगरस्तरीय टिमलाई काम तीव्र पार्न निर्देशन समेत दिइन् । उनले बिर्तामोडका जनता अब ‘सुकुम्बासी होइन, नगरवासी’ बन्नुपर्नेमा जोड दिएकी थिइन् ।

    यस्तै वडा नम्बर ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले सबै वडाले प्रक्रिया अघि बढाइरहेकाले नगरका १२ सय भन्दा बढी भूमिहिन सुकुम्बासीलाई धनीपुर्जा वितरण गर्ने तयारी भइरहेको जानकारी दिए ।

    जग्गा प्राप्त गरेका गुरुदेव घिमिरेले धनीपुर्जा पाएपछि धितो राखेर विभिन्न काम गर्न सकिने भन्दै खुसी व्यक्त गरेका छन् ।

    जग्गा श्रेष्ता, मोठ कायम गरेर वितरण गरिएकाले बैंकमा कारोबार गर्न पाउने भए पनि १० वर्षसम्म बिक्री-वितरण गर्न नपाइने व्यवस्था रहेको भूमि समस्या समाधान आयोग बिर्तामोडका प्रमुख बिमल पोखरेलले जानकारी दिए ।

    धनीपुर्जा वितरण कार्यक्रममा शिक्षा शाखा प्रमुख उपसचिव तिलचन भण्डारी, वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनासहितको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.