झापाको बिर्तामोडमा स्वीमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ ।
बिर्तामोड-२ मा जीवन ढुंगानाले सञ्चालन गरेको ड्रिमल्याण्डको कम्पाउण्डभित्र रहेको स्वीमिङ पुलमा डुबेर बिर्तामोड वडा नं.३ बस्ने ३३ वर्षीय प्रकाश प्रसाईको मृत्यु भएको हो ।
शुक्रबार दिउँसो ३ बजे प्रसाई र बिर्तामोड वडा नं.१० बस्ने ३३ वर्षीय केशव शिवाकोटी पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा प्रसाईको मृत्यु भएको हो । मृतक ओमकार रेडिमिक्स कंक्रिट प्रालिका सञ्चालक हुन् ।
Advertisement
घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।







