देशभित्र उच्च शिक्षाका लागि विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहेको भए पनि ठूलो मात्रामा धनराशी विदेशिने गरेको छ ।
नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको गएको आर्थिक वर्ष २०८१/८२ को विवरणअनुसार शिक्षाका लागि मात्रै एक खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ विदेशिएको हो ।
अघिल्लो वर्ष शैक्षिक गतिविधिका लागि एक खर्ब २५ अर्ब १३ करोड रुपैयाँ रकम विदेशिएको थियो ।
Advertisement
केन्द्रीय बैङ्कका अनुसार सेवा खाता अन्तर्गत भ्रमण व्यय १८ दशमलव १ प्रतिशतले वृद्धि भइ दुई खर्ब २३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।







