इलामको सूर्योदय नगरपालिकामा कार र अटो एकापसमा जुध्दा ९ जना घाइते भएका छन् ।
गएराति ८ बजे इलाम सूर्योदय नगरपालिका वडा नं.१० फिक्कल बजार नजिकै मेची राजमार्गमा फिक्कलबाट कन्यामतर्फ आउँदै गरेको प्रदेश १-०१-००२ ह ८२६२ नं.को अटो र बिपरीत दिशाबाट जाँदै गरेको डब्लुबी ७४ एएच ०६६२ नं.को कार एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो ।
अटोमा चालकसहित सात जना सवार रहेकोमा सातैजना घाइते भएका छन् भने कारमा चालकसहित ६ जना सवारमध्ये दुई जना घाइते भएका छन् ।
Advertisement







