राष्ट्रिय युवा संघ नेपाल बिर्तामोड नगर कमिटीको अध्यक्षमा प्रविन सादेम्बा चयन भएका छन् ।
दोश्रो नगर अधिवेशनबाट सादेम्बा सर्वसम्मतले अध्यक्षमा चयन भएका हुन् ।
त्यस्तै उपाध्यक्षमा नुनम कन्दङ्वा, सचिवमा यादव मैनाली, सहसचिवमा रोशन भण्डारी, आशा गुरुङ र कोषाध्यक्षमा आसिस खतिवडा चयन भएका छन् ।
Advertisement
अधिवेशनले सादेम्वाको अध्यक्षतामा ३३ सदस्यीय नगर कमिटी सर्वसम्मत निर्वाचित गरेको नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराईले बताए ।
गत साउन २६ गते युवा संघको नगर अधिवेशनको उद्घाटन भएको थियो । बन्दसत्रमा अध्यक्षका लागि प्रविन सादेम्वा, दिनेश अधिकारी र टीका हस्दाले दावी गरेका थिए । निर्वाचन प्रक्रियामा जान नदिई सर्वसम्मतरुपमा कमिटी चयन गरिएको नगर अध्यक्ष भट्टराईले जानकारी दिए ।







