करेन्ट लगाएर माछा मार्ने क्रममा झापाको हल्दिबारीमा एक जनाको मृत्यु भएको छ ।
आइतबार साँझ ५:४० बजे संखुवासभा चैनपुर-२ घर भई हाल हल्दिबारी-४ ऐनावारीमा रहेको मैनाली हाते कागज खरिद बिक्री केन्द्रमा काम गर्ने वर्ष ३०/३१ का रामकुमार अधिकारी नजिकै रहेको खोल्सामा करेन्ट लगाइ माछा मार्न गएका थिए । करेन्ट लागेर उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट अधिकृतसहितको टोली खटिएर अधिकारीको शव पोष्टमार्टम गर्न प्रादेशिक अस्पताल भद्रपुर पठाइएको डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।
Advertisement







