चारकोशे जङ्गलबाट निस्केको जंगली हात्तीले कचनकवलका पाँचवटा घर भत्काएको छ ।
शनिबार मध्यरातमा चार वटाको संख्यामा आएका जंगली हात्तीले घर, पसल भत्काएर र खाद्यान्न खाएर क्षति गरेका हुन् ।
हात्तीले कचनकवल-६ लालबाबु खत्री (कैलाश) को घर अगाडी राखेको घुम्तीको ढोका भत्काई घुम्तीमा राखेको एक बोरा मकै, चक्लेट खानुका साथसाथै सरसामान छरपस्ट पारेर क्षति पुर्याएको छ ।
Advertisement
त्यस्तै सोही ठाउँका लक्ष्मण टुडूको टाँटी बेरा भएको भान्सा घर, नारायण बरालको गाईगोठ, राम दाहालको भान्सा घर र सन्जु दाहालको भान्सा घर भत्काएको हो । ती सबै जनाको करिव एक लाख बराबरको क्षति भएको जनाइएको छ ।







