भुटानमा हुने एएफसी यू-२० महिला एसियन कप छनोटका लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ ।
आउँदो अगस्ट ६ देखि ११ सम्म भुटानमा हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले नेपाली टोलीको घोषणा गरेका हुन् ।
प्रतियोगितामा नेपाल रहेको समूह ‘ए’ मा डीपीआर कोरिया, भुटान र साउदी अरेबिया पनि छन् ।
साफ यू-२० च्याम्पियनसिप खेलेको टोलीबाट एक परिवर्तन गरिएको छ । झुमा विकको स्थानमा सजिना स्याङ्गतान टोलीमा समावेश छन् ।
नेपालको टोली
गोलकिपर: लिला जोशी, करुण बुढाथोकी, सुजाता तामाङ
डिफेन्डर: सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पन्धाक, सिम्रन राई, सजिना स्याङ्तान, गंगा रोकाया, अनिशा राई, सीता रोकाया
मिडफिल्डर: कविता गुरुङ, सुसिला केसी, अस्मिता गुरुङ, बिर्सना चौधरी (कप्तान), सेनु परियार
फर्वार्ड: कुसुम खतिवडा, सुक्रिया मिया, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा, समीक्ष्या मगर







