झापाको बिर्तामोड नगरपालिका वडा नं.३ मा रहेको शान्ति टोल विकास संस्थाले निर्माण गरेको सडकको हिसाव-किताव सार्वजनिक गरिएको छ ।
लागत साझेदारी अन्तरगत स्थानीय उपभोक्ताबाट ६ लाख तथा बाँकी रकम स्थानीय सरकार बिर्तामोड नगरपालिकाले लगानी गरेको सडक निर्माणको मंगलबार एक कार्यक्रमबीच हिसाव-किताव सार्वजनिक गरिएको हो ।
उक्त हिसाव-किताव सार्वजनिक टोल विकास संस्थाका अध्यक्ष दिनेश ओझाले गरेका थिए । उक्त सडक बिर्तामोड नगरपालिका-१ र ३ को सिमानामा पर्दछ ।
हिसाब-किताब सार्वजनिक कार्यक्रममा बिर्तामोड नगरपालिका-३ का वडा सदस्य हरि बास्कोटा, बिर्तामोड नगरपालिका-१ टेकबहादुर अधिकारी उपभोक्त सिमितका अध्यक्ष कृष्ण ढकाल, सचिव तारा खड्का, कोषाध्यक्ष मेनुका प्रधान, सदस्य राधा खड्का, स्थानीय समाजसेवी रुद्र सिटौला, कालिक टोल विकास संस्थाका अध्यक्ष राजीव श्रेष्ठ, शक्ति टोल विकास संस्थाका भरत भेटवाल र रोशन खनाल लगायतको उपस्थिति रहेको थियो ।







