झापा बिर्तामोडका प्रदिपकुमार संग्रौला (माइनस-प्लस)ले स्थानीय क्षेत्रमा बन्दै गरेको श्री ग्रामदेवी दुर्गा मन्दिर निर्माणका लागि सहयोग गरेका छन् ।
बिर्तामोड नगरपालिका वडा नं.९ निवासी संग्रौलाले आफ्नो जन्मदिनको अवसरमा सोही वडामा निर्माणधिन मन्दिरलाई २५ हजार रकम सहयोग गरेका हुन् । उनले उक्त रकम आज एक कार्यक्रमका बीच हस्तान्तरण गरेका छन् ।
उक्त कार्यक्रममा मन्दिर निर्माण समितिका अध्यक्ष विजय राजवंशी, सचिव श्रीप्रसाद पाठक, सदस्यहरु चेतन शिवाकोटी, रमा पौडेल, स्थानीय पुर्ण मगर, राम पाठक, रुद्र रिमाल लगायतको उपस्थिति रहेको थियोे ।
जन्मदिनमा फजुल खर्च गर्नु भन्दा स्थानीय क्षेत्रमै धार्मिक पर्यटनमा टेवा पुर्याउने उद्देश्यले बन्दै गरेको मन्दिरलाई आफूले सकेको सहयोग गरेको संग्रौला बताए ।
मन्दिर निर्माण समितिका अध्यक्ष विजय राजवंशी र सचिव श्रीप्रसाद पाठकले जन्मदिनको शुभकामनासहित रकम प्रदान गरेकोमा धन्यवाद व्यक्त गरेको कार्यक्रमको सञ्चालन पत्रकार सरोज पौडेलले गरेका थिए ।







