जंगली हात्तीको आक्रमणबाट गरामनीमा एक जनाको मृत्यु भएको छ ।
आज बिहान ३:४५ बजेतिर जंगली हात्तीको आक्रमणबाट बिर्तामोड नगरपालिका-७ फक्तालुङ्ग निवासी ५९ वर्षीय लोकप्रसाद लिम्बूको मृत्यु भएको हो ।
आफ्नै घरमा रहेका लिम्बू शौचालय जाने क्रममा हात्तीसँग जम्काभेट भई हात्तीले किचेर लिम्बूको घटनास्थलैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Advertisement
उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।







