अनिश्चितकालीन बन्द आव्हान गरेका यातायात व्यवसायीहरुले बिर्तामोडमा एउटा बस तोडफोड गरेका छन् ।
आज बिहान १० बजे बिर्तामोड-५ स्थित शनिश्चरे रोडमा इलामको दानाबारीबाट यात्रु लिएर आएको को १ ख ७२०४ नम्बरको रकेट यातायातको बसलाई करिब १० जनाको संख्यामा रहेका बन्दकर्ताहरुले बाटो छेकेर बन्दको अवज्ञा भन्दै अगाडिको सिसामा ढुङ्गा प्रहार गरेका हुन् ।
सीसा तोडफोड गरी बन्दकर्ताहरु फरार भएका छन् भने ढुङ्गा प्रहारबाट बसमा सामान्य क्षति पुगेको छ । उक्त बसलाई बस चालकले सुरक्षित स्थानतर्फ लगेको बताइएको छ ।
Advertisement
त्यस्तै बिर्तामोडको पश्चिम बस स्टेण्ड अगाडि बन्दकर्ताले कालो नम्बर भएका सवारी साधनहरु रोकेर आज पनि अवरोध गरेका थिए ।







