भारतको सिक्किम राज्यमा मुसलधारे वर्षापछि आएको पहिरोमा परी तीन जना सैनिकको ज्यान जानुका साथै ६ जना बेपत्ता भएका छन् ।
सेनाले विज्ञप्ति निकालेर वर्षापछि आएको पहिरो गएराति सेनाको क्याम्पमा खसेको जनाएको छ ।
यसैबीच मनसुनी वर्षाका कारण आएको बाढी र पहिरोमा परी भारतको पूर्वाेत्तर क्षेत्रमा कम्तीमा ३० जनाको ज्यान गएको छ । बाढी र पहिरोका कारण आसाम राज्यका १५ जिल्लाका झन्डै १ लाख जना प्रभावित भएका छन् ।
Advertisement
अविरल वर्षाका कारण असमका १२ जिल्लाका १ सय ७५ गाउँ डुबानमा परेका छन् । अत्यधिक वर्षाका कारण सडक यातायात र रेल सेवा अवरुद्ध भएका छन् ।
उत्तर सिक्किमका लाचेन र लाचुङमा सडक बिग्रिएर १ हजार ५ सय जनाभन्दा धेरै पर्यटक फसेका छन् ।







