कालीखोलाको डाइभर्सन मर्मतपछि पूर्व-पश्चिम राजमार्गमा सवारी साधन सञ्चालनमा आएको छ ।
झापाको मेचीनगर नगरपालिका-६ स्थित कालिखोलामा अविरल वर्षाका कारण डाइभर्सन बगाउँदा पूर्व-पश्चिम लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
डाइभर्सन मर्मतपछि दिउँसैदेखि यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Advertisement
गएरातिदेखि शनिबार बिहानसम्म वर्षा हुँदा राजमार्गका विभिन्न ठाउँमा डाइभर्सन बगाउने, सडक भत्किने हुँदा दिनभरिजसो यातायात सामान्य ढंगले यातायात सञ्चालन हुन सकेको थिएन ।







