गएराति परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध बनेको छ ।
एसियन मार्ग निर्माण गर्न बनाइएका विभिन्न ठाउँका डाइभर्सन बगाएको हो ।
काँकरभिट्टाको काली खोलामा बाटो बगाउँदा त्यहाँ पूर्णरुपमा यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले बताए । उनले बैकल्पिक मार्गबाट यातायात सुचारु गराउने पहल भइरहेको जानकारी दिए ।
Advertisement
त्यस्तै धुलाबारी नजिक कल्भर्टमा पनि समस्या भएको छ । त्यहाँ जेसीबीले माटो पुरेर एकतर्फी यातायात सुचारु गरिएको पौडेलले जानकारी दिए ।
त्यसैगरी बुट्टावारी चारआली सडकखण्डमा पनि डाइभर्सन बगाएको जनाइएको छ ।







