• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

विनोद बस्नेतलाई सम्झदै चार्टर डे


  •    संवाददाता/ बुधबार, जेठ १५, २०८२  

  • मानवीय सेवामा समर्पित अन्तर्राष्ट्रिय संस्था रोटरी क्लब अफ बिर्तामोडले १५ औं स्थापना दिवस (चार्टर डे) मा क्लबका पूर्व अध्यक्ष विनोद बस्नेतलाई सम्झदै लोकोपयोगी कार्यहरु गरी मनाएको छ ।

    पूर्व अध्यक्ष बस्नेतको स्मृतिमा रोटरी क्लब अफ बिर्तामोडले रक्तदान र बृक्षरोपण कार्यक्रम गरेको हो । बिर्ताबजारस्थित दुर्गा मन्दिरमा आयोजित कार्यक्रममा चार महिलासहित ५२ जनाले रक्तदान गरेका छन् ।

    Advertisement

    नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग रहेको रक्तदान कार्यक्रमलाई प्रमुख अतिथि संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले उद्घाटन गरेका थिए ।

    Advertisement

    प्रत्येक वर्ष मे २८ का दिन स्थापना दिवस मनाउने गरेका रोटेरियनहरुले यो वर्षको स्थापना दिवस पूर्व अध्यक्ष विनोद बस्नेतको स्मृतिमा रक्तदान तथा बृक्षरोपण गरेर मनाएका हुन् । ५२ वर्षको अल्पायुमा अकल्पनीय स्वर्गारोहण भएका स्व. बस्नेतको मानवीय सेवाको उच्च भावनाको सम्मान गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ ले जानकारी दिए ।

    रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष अग्रवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शैलेन्द्र कुरुङवाङले गरेका थिए भने स्वागतसहित कार्यक्रमको औचित्यमाथि अध्यक्ष अग्रवालले प्रकाश पारेका थिए ।

    रोट्रयाक क्लब अफ बिर्तामोडलगायत विभिन्न संघ संस्थाको समन्वय तथा दुर्गा मन्दिर व्यवस्थापन समिति बिर्ताबजारको सहकार्यमा सञ्चालित रक्तदान कार्यक्रमको संयोजन सजेश शिवाकोटीले गरेका थिए । दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बासुदेव माझीले धन्यवाद ज्ञापन गरेका थिए ।

    यसअघि बस्नेतकै स्मृतिमा बिर्तामोड-३ स्थित विराट भरत विश्रान्ति परिसरमा विभिन्न जातका फलफूलका बिरुवा रोपिएको अध्यक्ष अग्रवालले बताए ।

    कार्यक्रम संयोजक ओमकृष्ण विमलीको संयोजकत्वमा आयोजित वृक्षरोपण कार्यक्रममा क्लबका पूर्व अध्यक्षसहित रोटेरियन र रोट्रयाक्टरहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.