झापाको मेचीनगरमा रहेको कालिका सामुदायिक वन क्षेत्रमा लागुऔषध बेच्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेचीनगर-११ का १८ वर्षीय सनिल मेचे र वडा नम्बर १२ का २५ वर्षीय अजय मेचे रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले ब्राउन सुगर १.७८ ग्राम, ट्रामाडोल ट्याब्लेट १६ थान, एन्टीकफ ट्याब्लेट १५ थान, नगद १८ हजार ४०० रुपैयाँ र एकथान मोबाइल बरामद गरेको छ ।
Advertisement
त्यस्तै प्रहरीले १४ वटा मोटरसाइकल, एउटा अटो र एउटा मारुती भ्यान पनि बरामद गरेको छ ।
प्रहरीले मंगलबार साँझ कालिका सिमसार क्षेत्रबाट ४३ जना लागुऔषध सेवनकर्तालाई पक्राउ गरेको थियो । तर, बिक्री गर्ने मेचेद्वय भागेका थिए ।
पक्राउ परेका उनीहरुमध्ये केहीलाई परिवारको जिम्मा लगाइएको छ भने केहीलाई सुधार केन्द्र भर्ना गरिएको जनाइएको छ ।







