झापाको भद्रपुरमा कल्भर्टबाट लडेर एक जनाको मृत्यु भएको छ ।
भद्रपुर नगरपालिका-१० बस्ने अन्दाजी ६० वर्षका निगे राईको वडा नं.९ डाँगीबारीस्थित भित्री सडक खण्डमा रहेको कल्भर्टबाट लडेर मृत्यु भएको हो । उनी अन्दाजी १० फिट तल लडेर घोप्टो परी मृत अवस्थामा फेला परेका थिए ।
सम्पूर्ण कानुनी प्रकृया पुरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राई बिहान ८ बजेतिर घरबाट हिडेका थिए ।
Advertisement







