कोशीका सांसदहरु चढेको गाडी मोरङको कानेपोखरीमा दुर्घटना भएको छ ।
झापाबाट विराटनगर जाँदै गरेको प्रदेशसभा सदस्यहरू चढेको गाडी मोरङको कानेपोखरीमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेका गाडीमा प्रदेश सभा सदस्यहरू नम्बर लाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए । उनीहरू सबैको अवस्था सामान्य रहेको भएपनि गाडी भने पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।
Advertisement
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्र खड्काले चलाएको गाडी विपरीत दिशाबाट आउँदै गरेको बा५च ३५२० नम्बरको कारसँग सांसद चढेको गाडी ठोक्किएको थियो । सांसदहरू कोसी प्रदेशसभाको बैठकमा सहभागी हुन विराटनगर जाँदै थिए ।







