झापाको हल्दिवारीमा हावाहुण्डरीबाट घर भत्किँदा एक जनाको मृत्यु भएको छ ।
गएराति अन्दाजी ११:५० बजे आएको हावाहुण्डरीले हल्दिबारी गाउँपालिका वडा नं.५ त्रिबेणी चोक वस्ने ६५ वर्षीय मानबहादुर मगरको आफ्नै घर भत्किएर मृत्यु भएको हो ।
टिनको छाना भएको टाँडेघरमा सुतिरहेकोमा हावाहुण्डरीले घर भत्काई घरको बिमले थिचिरहेको अवस्थामा स्थानीयले देखेर बाहिर निकाली हेर्दा उनको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Advertisement







