भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबार (मे १७) देखि पुन: सुरु हुने भएको छ ।
विश्वको सबैभन्दा ठूलो फ्रेन्चाइज लिग शुक्रबार रोकिएको थियो तर गत शनिबार युद्धविरामको मध्यस्थता पछि पुन: सुरु हुने भएको हो ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीआईसीसी)ले सूचना जारी गर्दै बाँकी खेल सञ्चालन हुने जनाएको हो । बीआईसीसीका अनुसार फाइनल खेल जुन ३ मा हुनेछ ।
Advertisement
त्यस्तै बिहीबार रद्द गरिएको पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल पनि सुरु हुने जनाइएको छ ।
क्वालिफायर १ जेठ १५ गते (मे २९) र इलिमिनेटर जेठ १६ गते (मे ३०) मा हुनेछ भने क्वालिफायर २ जेठ १८ गते (जुन १) मा हुनेछ ।







