• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नेपाली लेखक संघ झापाको अधिवेशन: अध्यक्षमा गोस्वामी


  •    संवाददाता/ सोमबार, बैशाख २९, २०८२  

  • लोकतान्त्रिक स्रष्टाहरुको साझा सङ्गठन नेपाली लेखक संघ झापाको पाँचौं अधिवेशन सम्पन्न भएको छ ।

    सोमबार बिर्तामोडको जयन्द्रप्रसाद प्रसाईँ साहित्य सेवाकोषको सभाकक्षमा सम्पन्न अधिवेशनले अग्रज कवि तथा लेखक दयानन्द गोस्वामीको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको हो ।

    Advertisement

    समितिको उपाध्यक्षमा बेनुप्रसाद अधिकारी र नमूना निरौला, सचिवमा समिरबाबु कट्टेल, सह-सचिवमा जितेन साम्पाङ र अमृता कडरिया, कोषाध्यक्षमा अमृता चौलागाईं पाठक चयन भएका छन् ।

    Advertisement

    त्यस्तै सदस्यहरुमा पुण्य बराल, महेन्द्र कोइराला, जमुना खरेल, गुणनिधि लुइटेल रहेका छन् भने दुई जना सदस्य कार्य समितिले पछि मनोनयन गर्ने निर्वाचन समितिका संयोजक कृष्ण बराल जानकारी दिएका छन् ।

    यसैगरी समितिका सल्लाहकारहरुमा केशव आचार्य, विष्णुकुमार भट्टराई, प्रकाश बुढाथोकी, कृष्ण बराल र कृष्ण धरावासीलाई चयन गरिएको छ ।

    संघका अध्यक्ष कुमार भट्टराई अध्यक्षतामा भएको अधिवेशनको उदघाटन सत्रमा प्रमुख अतिथि नेपाली लेखक संघका केन्द्रीय सल्लाहकार धर्मेन्द्रविक्रम नेम्बाङ्गले लेखकीय सत्ता सधैँ स्वतन्त्र हुने भएकोले लोकतन्त्रवादी लेखक उत्तिकै प्रगतिशील पनि हुन्छ भन्दै महाकवी लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ जस्ता साहित्यका धरोहरहरुले बनाएको संगठनको सदस्य बन्न पाउनु गर्वको विषय भएको बताउँदै संगठनलाई अझ मजबुत र सिर्जनशील बनाउन आवश्यक रहेको धारणा राखेका थिए ।

    उक्त कार्यक्रममा नेपाली लेखक संघ कोशी प्रदेश प्रमुख गोकुल अधिकारी, उपाध्यक्ष लता खरेल, महासचिव बाशु पोखरेल, सशांक प्रतिष्ठानका अध्यक्ष छबिलाल खतिवडा, कवि प्रकाश बुढाथोकी, पूर्व केन्द्रीय सदस्य केशव आचार्य लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा केन्द्रीय सङ्गठन विभाग सदस्य मेची पुत्र, विष्णु कुमार भट्टराई, राजेश ढुंगाना, दीपक ढकाल, विनोद खनाल, महेन्द्रविलास लुइटेल, मिलन कुमार ढुंगाना, लेखनाथ पौडेल, लिला अनमोल, ज्ञानमणि भुर्तेल लगायतको उपस्थिती रहेको थियो ।

    पूर्व अध्यक्ष कुमार भट्टराईले आफ्नो कार्यकालमा भएका गतिविधिको बारेमा जानकारी गराएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष दयानन्द गोस्वामीले उमेरको हिसाबले आफू पाको हुँदै गए पनि आफ्नो कर्तव्य प्रति सधैँ युवाजोशका साथ लागिपर्ने बताउँदै झापाको लेखक संघको इतिहासमा आफ्नु कार्यकाल गौरव गर्न लायक बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

    राष्ट्रिय अधिवेशन प्रतिनिधि रश्मिशेखर सुवेदीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव समीरबाबु कट्टेलले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.