झापाको शिवसताक्षीस्थित शुक्र माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक श्रीप्रसाद राजवंशीको निधन भएको छ ।
हाल जनआदर्श मावि शिवगञ्जका शिक्षक शिवसताक्षी-६ शिवगञ्ज निवासी राजवंशीको करिव ५७ वर्षको उमेरमा गएराति १२:५ बजे अचानक निधन भएको हो ।
उच्च रक्तचापका कारण उनको निधन भएको बताइएको छ । आजै उनको कन्काई घाट शिवगञ्जमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।
Advertisement







