झापा गोल्डकपका निवर्तमान अध्यक्ष एवम बिर्तामोडका युवा समाजसेवी विनोद बस्नेत मृत अवस्थामा भेटिएका छन् । उनले झुन्डिएर आत्महत्या गरेको बताइएको छ ।
बिर्तामोड-१ स्थित आफ्नै घरमा उनले आत्महत्या गरेका हुन् । प्रहरीले घटनास्थल सिल गरेको छ ।
मृतक बस्नेत अनेकौं सामाजिक तथा व्यवसायिक संघ-संस्थामा कार्यरत थिए । कृष्णबहादुर बस्नेतका जेठा छोरा उनी झापा गोल्डकपका पूर्वअध्यक्ष, जेसीज पूर्व अध्यक्ष समाज झापाका अध्यक्ष, एकका लागि एक अभियानका सहसंयोजक, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं.१ का कार्यसमिति सदस्य, मेची पेट्रोलियम डिलर्स एशोसिएसनका महासचिव रहेका थिए । उनी सयपत्री ट्रेड लिंकलगायत विभिन्न प्रतिष्ठानका सञ्चालकसमेत हुन् ।
लामो समयदेखि जेसीज अभियानमा क्रियाशील उनी वीरता जेसीजका पूर्वअध्यक्ष, रोटरी क्लब अफ बिर्तामोडका पूर्वअध्यक्ष, नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष थिए । बस्नेतकी श्रीमती र एक छोरी रहेका छन् । श्रीमती कोपिला बस्नेत अधिवक्ता हुन् भने एकमात्र छोरी विभूति एमबीबीएस अध्ययनरत रहेको जनाइएको छ ।







