• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कनकाई बालमैत्री नगर घोषणा


  •    संवाददाता/ शुक्रबार, बैशाख २६, २०८२  

  • झापाको कनकाई नगरपालिकाले नगरलाई बालमैत्री नगर घोषणा गरेको छ ।

    नगरको १२ औं स्थापना दिवसको अवसर पारेर बिहीबार एक समारोहकाबीच बालमैत्री स्थानीय शासनयुक्त तथा खोप सुनिश्चितता नगर घोषणा गरिएको हो ।

    Advertisement

    “सुनिश्चित बालमैत्री वानी व्यवहार सुखी र समृद्ध कनकाईको आधार बालमैत्री नगरको दिगोपनका लागि सबै जुटौं, कोही नछुटौं” भन्ने नाराका साथ नगरलाई बालमैत्री नगर घोषणा गरिएको हो ।

    Advertisement

    कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा बालमैत्री नगर घोषणा कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा कोशी प्रदेशका खानेपानी तथा सिंचाइ मन्त्री एकराज कार्कीले गरेका थिए ।

    सरकारले निर्धारण गरेको ५१ वटा सूचकमा दुई स्थानीय सूचक थप गरी कुल ५३ सूचकहरू पूरा गरेर कनकाई नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिएको नगर प्रमुख पोखरेलले जानकारी दिए ।

    बालकल्याण अधिकारी उमानाथ ढकालका अनुसार कनकाई नगरपालिका झापाको तेस्रो र कोशी प्रदेशको पाँचौं बालमैत्री नगर बनेको हो । प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले बालविवाह न्यूनीकरण, लागूऔषध नियन्त्रण, शिक्षा र स्वास्थ्यका क्षेत्रमा कार्ययोजना बनाएर काम गरिने प्रतिबद्धता जनाएका थिए ।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ बराल, शिवसताक्षि नगरपालिका नगर प्रमुख मेघा हाङ थोप्रा रोशन, नेपाली कांग्रेस नगर सभापति दुर्गा प्रसाई, नगरका विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि संघ सस्थाका प्रमुख तथा प्रतिनिधि लगायतले घोषणा कार्यक्रमलाई सफल कार्यान्वयन तर्फ अगाडी बढाउन सुझाव दिएका थिए ।

    नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले औचित्य माथी प्रकाश पारेको कार्यक्रममा लिम्बु, किरात, सन्थाल समुदाय, बालसञ्जाल, स्काउट, नौमती बाजा समूहहरूको सहभागितामा भृकुटी मावि दुर्गापुरबाट नगर कार्यपालिका भवन सम्म ¥याली निकालिएको थियो ।

    प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन जनप्रतिनिधिद्वय रिता उप्रेती र निर्मला खड्काले संयुक्त रुपमा गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.