झापाको भद्रपुरस्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कर्मचारीहरुबीच कार्यालयभित्रै कुटाकुट भएको छ ।
सोमबार दिउँसो ४:५७ बजे सातौ तहका पशु चिकित्सक डा.सुजन राईले आफू मातहतका कर्मचारीहरुलाई कुटेका हुन् ।
उनले प्राविधिक सहायक पाँचौ तहका रोहित महतलाई कार्यालयभित्रै कुटेका हुन् । भण्डारण कक्ष हेर्ने गरेका महतसँग नाइट्रोजन माग्दा यसअघिको पाँच सय रुपैयाँ नतिरेको भनेपछि राईले महतमाथि एक्कासि मुक्का हानेको बताइएको छ ।
Advertisement
दुवैबीचको कुटाकुट छुट्याउन जाँदा चौथो तहका अर्का प्राविधिक दिवाकर सुनरोहित घाइते भएका छन् । राईले हातमा बोकेको हथौडा उनको टाउकोमा लागेको थियो । सो घटनाको भिडियो अहिले भाइरल बनेको छ ।
भिडियोमा डा.राईले आक्रोशित भएर महतमाथि जाइलागेको देखिन्छ । घटनाबारे जिल्ला प्रशासन कार्यालयमा अहिले छलफल चलिरहेको जनाइएको छ ।







