उदयपुरको कटारीमा भएको सवारी दुर्घटनामा परी दमक नगरपालिकाका कानून अधिकृतको मृत्यु भएको छ ।
चितवनबाट झापाको दमकतर्फ आउँदै गरेको स्कारपियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका कानून अधिकृत ५५ वर्षीय माधव बस्नेतको मृत्यु भएको हो । सोही दुर्घटनामा परी जनप्रतिनिधिसहित ६ जना घाइते भएका छन् ।
मे.१ च ३०४० नम्बरको स्कारपियो अनियन्त्रित भई सडक किनाराको फलामको ट्रष्ट बेरियरमा ठोक्किएको भएको दुर्घटनामा परी दमक वडा नम्बर १० का अध्यक्ष राजेन्द्र भण्डारी, ६ का वडा सदस्य कमल श्रेष्ठ, नगरपालिकाकै सवारी चालक ३८ वर्षीय देवेन्द्र तामाङ, दमक-१ निवासी ४५ वर्षीय ज्ञानेन्द्र गौतम, २ का ३८ वर्षीय नवीन खतिवडा र गौरादह नगरपालिका-१ का ५४ वर्षीय भुवन दाहाल घाइते भएका छन् ।
उनीहरुको प्रादेशिक अस्पताल कटारीमा सामान्य उपचारपछि थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ । उनीहरु भ्रमणका लागि चितवन गएको बताइएको छ ।







