• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

केआईआईटीमा अर्की नेपाली विद्यार्थी पनि मृत फेला


  •    संवाददाता/ शुक्रबार, बैशाख १९, २०८२  

  • भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक नेपाली विद्यार्थी मृत फेला परेकी छिन् ।

    वीरगञ्ज घर भएकी प्रिशा शाह बिहीबार बेलुकी करिब ८ बजे होस्टलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

    Advertisement

    नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर एसएसपी सञ्जीव शर्मा दासले घटनाको पुष्टि गरेका छन् । उनले भने, ‘वीरगञ्ज घर भएकी प्रिशा शाह बिहीबार बेलुकी करिब ८ बजेतिर मृत फेला परेकी छन् । घटनाको अनुसन्धान सुरु भएको छ ।’

    Advertisement

    उनले प्रिशाको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको तर परिवारका सदस्य आएपछि मात्र पोष्टमार्टम गरिनेछ भनेर जानकारी गराइएको बताए ।

    ‘अहिले हामीले अनुसन्धान गरिरहेका छौं । घरबाट अभिभावक आएपछि मात्र पोष्टमार्टम गरिनेछ भनेर भनेका छौं,’ कन्सुलर शर्माले भने ।

    उनका अनुसार प्रिशा होस्टलमा सिनियर दिदीहरूसँगै बस्ने गरेकी थिइन् । तर घटनाको क्रममा कोठामा कोही थिएनन् ।

    विद्यार्थीहरुले भने उनी वीरगञ्ज निवासी प्रथम वर्षमा अध्ययनरत् विद्यार्थी भएको बताएका छन् ।

    गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् । आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल भएकोबारे उनले दुई पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन् । तर कलेजले गम्भीरतापूर्वक नलिँदा उनले मृत्युको बाटो रोजेकी थिइन् । त्यसपछि प्रकृतिको न्याय माग्दै क्याम्पसमा नेपाली विद्यार्थीले गरेको प्रदर्शनमा कलेज प्रशासनले दमन गरेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.