लक्ष्मीपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ कार्यसमितिका लागि बिहीबार (भोलि) निर्वाचन हुँदैछ ।
नगरबासीका घरघरमा धारा, सर्वशुलभ र स्वच्छ पानी हाम्रो अभिभारा भन्ने मुल नाराका साथ लोकतान्त्रिक समावेशीको प्यानलको तर्फबाट अध्यक्ष पदमा युवा व्यवसायी मोहन लुईटेल निर्वाचनमा होमिएका छन् ।
युवा व्यवसायी तथा समाजसेवी लुईटेलले यस संस्थालाई यहाँसम्म ल्याई पुर्याउनुहुने अग्रज व्यक्तित्वहरूको योगदानको उचित कदर गर्दै र उहाँहरूले गर्नुभएको कार्यबाट शिक्षा लिंदै संस्थालाई अझ बलियो र आत्मनिर्भर बनाउन आफू र समग्र समिति पूर्णरूपमा लागिपर्ने बताएका छन् ।
प्रगतिशिल सोच तथा खानेपानी देखिएका व्यतिथी निर्मुल गर्न लोकतान्त्रिक समावेशी प्यानलको तर्फबाट अध्यक्षमा मोहन लुइटेल, उपाध्यक्षमा सुरज भण्डारी, सचिवमा नारायणप्रसाद काफ्ले, कोषाध्यक्षमा टेकबहादुर बस्नेत, महिला सदस्यमा हेमकुमार कार्की, तारा देवी थपलिया, खुल्ला सदस्यमा भोलानाथ मिश्र र देवीराज दाहालले उम्मेद्वारी दिएका छन् ।
लक्ष्मीपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा ११ सय ७८ जना उपभोक्ता रहेका छन् ।







