व्यवसायिक सदस्य राहत कोषका लागि बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष जीवन खड्काले ५१ हजार एक सय ५१ रुपैयाँ प्रदान गरेका छन् ।
आपत विपतमा परेका व्यवसायीलाई सहयोग पु¥याउने उद्देश्यले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको कोषका लागि उद्योग उपाध्यक्ष समेत रहेका खड्काले आफ्नो जन्मदिनको अवसर पारेर उक्त रकम प्रदान गरेका हुन् ।
बिर्तामोड उद्योग वाणिज्य संघले एक करोड रुपैयाँ वरावरको ‘व्यवसायिक सदस्य राहत कोष’ स्थापना गरेको छ । खड्काले संघका अध्यक्ष राजु न्यौपानेलाई चेक हस्तान्तरण गरेका थिए ।
श्रीमती स्वेता वस्नेत खड्कासहित संघको कार्यालय आएका उनले कोषका लागि रकम प्रदान गर्दै आफ्नै कार्यकालमा सुरु गरेको कोषमा एक करोड रुपैयाँ पु¥याउने लक्ष्य लिएपनि अबको दश वर्षका एक करोड रुपैयाँ खासै ठूलो रकम नहुने हुँदा कोषलाई बढाएर लानु पर्ने आवश्यकता आफूलाई खड्किएको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्व अध्यक्ष गणेश पोखरेलले व्यवसायीको पक्षमा बिर्तामोड उद्योग वाणिज्य संघले काम गर्दै आएको र राहत कोष स्थापना गरेर सह्रानीय काम गरेको धारणा राखे । उनले कोषलाई बढाएर १० करोड रुपैयाँ बनाउन सुझाव समेत दिए ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा कोष वृद्धिका लागि सहयोग पु¥याउने खड्कालाई कदरपत्रद्वारा सम्मान समेत गरिएको छ ।
उक्त अवसरमा उनको सुस्वास्थ्य र दीर्घ जीवनको कामना गरिएको कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।







