नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकको माग वार्ताबाट समाधान गर्ने बताएका छन् ।
मन्त्रालयमा बिहीबार पदभार ग्रहण गर्दै उनले आफू भर्खर मन्त्रालय आएकाले सबै जानकारी लिएर समाधान गर्ने बताए ।
‘भर्खर मन्त्रालयमा प्रवेश गरेको छु । शिक्षकको समस्याबारे जानकार छु । तर सबै विषयमा जानकारी लिएको छैन । यो विषयमा पहिले जानकारी लिन्छु,’ उनले भने, ‘अब त बोल्ने भन्दा काम गर्ने हो । वार्ताबाट समस्या समाधान गर्छु ।’
Advertisement







