झापाको कनकाई नगरपालिका-१ र २ मा रहेको जामुनखाडी सामुदायिक वन उपभोक्ता समूह तथा जामुनखाडी सिमसार क्षेत्र पर्यटकीय गन्तव्यका रूपमा विकसित भएको छ ।
वि.सं.२०६५ मा स्थापित पूर्वको पुरानो पर्यटकीय गन्तव्यमध्ये एक जामुनखाडीमा यही वैशाख १ गते नयाँ वर्षका अवसरमा पाँच हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकको आगमन भएको जामुनखाडी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पर्शुराम गिरीले जानकारी दिए ।
सात/आठ वर्ष चर्चित एवम् आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनेको जामुनखाडी पछिल्लो समय ओझेलमा परे पनि अहिले पर्यटकको आगमन बढेको उनले बताए ।
Advertisement







