तराई मधेशमा गर्मी बढेको छ । केही दिन बदली र वर्षा भएर मौसम खुलेसँगै आज तापक्रम उच्च हुँदा गर्मी धैरै बढेको हो ।
काठमाडौँ उपत्यकासहित मध्य पहाडका क्षेत्रमा पनि गर्मी बढेको छ ।
मौसम पूर्वानुमान महाशखाको तथ्याङ्कानुसार दिउँसो डोटीको दिपायललगायतका ठाउँको अधिकतम तापक्रम ३६ डिग्री सेल्सियस नाघेको छ ।
Advertisement
तराई मधेशका जिल्लाको सबैजसो ठाउँको तापक्रम ३५ डिग्री सेल्सियस वा त्यसको आसपासमा पुगेको छ । आज काठमाडौँमा पनि अधिकतम तापक्रम २८ डिग्री सेल्सियस आसपास पुगेको छ ।
यसैबीच भोलिदेखि घाम अझै तातेर गर्मी बढ्ने सम्भावना रहेको जलवायु विपद् विज्ञ डा.धर्मराज उप्रेतीले बताए ।







