झापाको गौरादहमा धान खेतको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
बुधबार दिउँसो घर नजिकैको आलीबाट लडेका गौरादह-१ बस्ने ६२ वर्षीय मेघराज दाहालको धान खेतको पानीमा डुबेर मृत्यु भएको हो ।
हिजो बिहान अन्दाजी १० बजे घरमा कसैलाई नसोधी हिडेकोमा धेरै समय घर फर्की नआएपछि आफन्तले खोजतलास गर्ने क्रममा दिउँसो २:३० बजे धान खेतमा घोप्टो परी उनी मृत अबस्थामा फेला परेका थिए । सम्पूर्ण कानुनी प्रकृयापश्चात् शव पोष्टमार्टनका लागि दमक अस्पताल पठाएको प्रहरीले जनाएको छ
Advertisement







