झापाको बुद्धशान्तिमा अवस्थित सीतारमेश बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुका उम्मेदवार अशोक भण्डारी सभापतिमा निर्वाचित भएका छन् ।
निर्वाचनको अन्तिम परिणामअनुसार सभापतिमा अशोक भण्डारी, सचिव र कोषाध्यक्षमामा नेविसंघका डम्बर कार्की र अभिषेक घतानी निर्वाचित भएका हुन् ।
त्यस्तै सदस्यहरूमा निर्मला आचार्य, कैलाश दाहाल, सौरभ गौतम, अनिता अर्याल र सौगात थापा विजयी भएका छन् ।
Advertisement
कुल ५२७ मतदाता मध्ये ४१८ जनाले आफ्नो मताधिकार प्रयोग गरेका निर्वाचन समितिले जनाएको छ ।







