होलीका दिन झापामा जथाभावी चलाउने ठूलो संख्यामा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रबार दिउँसो ३ बजेसम्म ३२९ वटा सवारी साधन नियन्त्रणमा लिइएको हो ।
२९२ वटा मोटरसाइकल, ३६ वटा अटो रिक्सा र सिटी तथा एउटा कार प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Advertisement
मोटरसाइकलमा तीनजना सवार हुने, मादक पदार्थ सेवन गरी चलाउने, बिनाहेल्मेट सवारी चलाउने, बाटोमा अबाञ्छित गतिविधि गर्नेलाई कार्वाही गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।







