११५ औं अन्तराष्ट्रिय महिला दिवसलाई लक्षित गरि अर्जुनधारा नगरपालिकाको आयोजनामा बिहीबार कानूनी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
सबै महिला तथा बालिकाको लागि: अधिकार, समानता र सशक्तिकरण भन्ने मुख्य नारासहित आयोजित उक्त कार्यक्रमको नगर उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् ।
नगर उपप्रमुख पराजुलीको अध्यक्षतामा आयोजित कार्यक्रममा सहजकर्ताहरु सर्वोच्च अदालतका उपसचिव राजनप्रसाद सुवेदीले मार्च ८ र महिला अधिकारको अवस्था, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश विष्ट र प्रहरी सहायक निरीक्षक प्रदीप आले मगरले साइबर अपराध: परिभाषा, प्रकार, कानूनी प्रावधानका विषयमा सहजिकरण गरेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले औचित्य माथि प्रकाश पारेको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्वयंसेविका, विभिन्न महिला समूहका पदाधिकारी तथा सदस्यहरु लगायतको सहभागिता रहेको कार्यक्रममा जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक जयप्रकाश भण्डारी, जलेश्वर सामुदायिक सिकाइ केन्द्रकी सचिव इन्दिरा दाहाल लगायतले मन्तव्य राखेका थिए ।
नगर कार्यपालिका सदस्य चन्द्रमाया तामाङले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख सूर्यमाला पन्धाक लिम्बूले गरेकी थिइन् ।







