झापाको शिवसताक्षीमा विद्यालय परिसरमा पार्किङ गरिराखिएका दुईवटा बसमा आगलागी भएको छ ।
शिवसताक्षी नगरपालिका वडा नं.११ दुधेको क्याम्ब्रिज अंग्रेजी माध्यमिक विद्यालयको दुईवटा बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीयबासी र शिवसताक्षी नगरपालिकाको बारुण यन्त्रले आगलागी नियन्त्रणमा लिएको छ । विद्यार्थीलाई विद्यालयसम्म ल्याउन र विद्यालयबाट घर पुर्याउनका लागि प्रयोग भइरहेका को १ ख २०५० र मे १ ख १८१६ नम्बरका दुईवटा बसमा एकैसाथ आगलागी भएको हो । आगलागीको कारण खुल्न सकेको छैन ।
Advertisement
बसको अग्रभाग सुरक्षित छ भने विद्यार्थी बस्ने सिट मात्र आगोले जलेर नष्ट भएको स्थानीय प्रत्यक्षदर्शीले बताए । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







