किराँत याक्थुङ चुम्लुङ मेचीनगरको अध्यक्षमा विरबहादुर बेघा ‘विरु’ सर्वसम्मत निर्वाचित भएका छन् ।
कियाचुको सातौं अधिवेशनले बेघाको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा ओमप्रकाश खापुङ, सचिवमा राजेन्द्र इधिङ्गो, सहसचिवमा भुमिका फियाक र कोषाध्यक्षमा टीकाप्रसाद इधिङ्गो लिम्बु चयन भएका निर्वाचन समितिका संयोजक हस्त आङ्दाम्वेले जानकारी दिए ।
समितिको सदस्यहरुमा भुमादेबि आङ्दाम्वे, चन्द्र आङ्दाम्वे, शुक्रराज धिङ्वो, नरेन्द्रकुमार कुरुवाङ, किरण कन्दङ्वा, नरबहादुर साम्सुहाङ, अम्मर फेम्बो, नन्दुभाइ मियाम्बो, लोकबहादुर आङ्वो, कोपिला लावती, अरुण जवेगु, देशु वेघा बनेम, रीता केरुङ र मनकुमारी लिम्बुलाई चयन गरेको निर्वाचन समितिका संयोजक आङ्दाम्वेले बताए ।
किराँत याक्थुङ चुम्लुङ मेचीनगरको सातौं अधिवेशन गत शुक्रबार उद्धघाटन गरिएको थियो ।







