पठन संस्कृतिको विकास गर्ने उद्देश्यले रिडर्स अभियान नेपालले गत मंसिर २७ गतेबाट आयोजना गरेको ‘रिडर्स फेस्टिबल’ को आयब्याय सार्वजनिक गरेको छ ।
अभियानले मंगलबार इटाभट्टामा आयोजित पत्रकारसमक्ष तीन दिनसम्म गरिएको ‘फेस्टिबल’ को हिसाब सार्वजनिक गरेको हो ।
उक्त कार्यक्रममा विभिन्न संघ-संस्था, स्थानीय तहबाट ३ लाख ६९ हजार सात सय रुपैयाँ संकलन भएको र ५ लाख ७८ हजार ९ सय ७० रुपैयाँ खर्च भइ २ लाख ९ हजार २७० घाटा भएको संस्थाका कोषाध्यक्ष दिपक तिम्सिनाले प्रतिवेदन प्रस्तुत गरेका थिए । घाटा भएको रकमलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्ने संस्था र स्थानीय तहको सहयोगबाट ऋण फर्स्यौट गरिने अपेक्षा लिइएको समेत जानकारी दिएको थियो ।
रिडर्स अभियान नेपालका अध्यक्ष सन्तोष आचार्यको अध्यक्षतामा सम्पन्न पत्रकार भेटघाटमा पत्रकारले राखेका जिज्ञासाप्रती संस्थाका उपाध्यक्ष भगिरथ राईलगायतले सहजीकरण गरेका थिए ।
अध्यक्ष आचार्यले सुषुप्त भएको प्रतिभालाई साहित्य उत्सवले जागरण ल्याउने भएकाले आजदेखि सुरु हुने साहित्य कला उत्सवलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको कार्यक्रमको सञ्चालन मदन अधिकारीले गरेका थिए ।







