झापाको कचनकवल-६ कमल बस्तीमा भएको आगलागीबाट करिब ७० लाख बराबरको क्षति भएको छ ।
बनियानी बजारदेखि करिव ७ सय मिटर पश्चिम कमल बस्तीमा कमलप्रसाद खतिवडाको दुईतले (मुनि पक्की बेरा, माथिल्लो तला काठको बेरा टिनको छानो भएको ०१) कोठे घरमा आगलागी भएको हो ।
आगलागीबाट घर र घरभित्र रहेको नगद १ लाख, सुन, चाँदी, २ थान एसी, २ थान स्मार्ट टेलिभिजन, अन्य सामग्री गरी ७० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
Advertisement
शनिबार साँझ ७:४० बजे पुजा कोठामा बालेको दियोबाट आगो सल्किन गई आगलागी भएको जनाइएको छ । इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, भद्रपुर, मेचीनगर र बिर्तामोड नगरपालिकाको बारुण यन्त्रको सहयोगमा राति १० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।







