झापाको दुर्गापुरबाट खुदुनाबारी जाने भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बुधबार राति १२ बजे कनकाई नगरपालिका वडा नं.१ बिमल चौतारास्थित दुर्गापुरबाट खुदुनाबारी जाने भित्री सडकखण्डमा दुर्गापुरबाट खुदुनाबारीतर्फ जाँदैं गरेको मे.१० प २६२४ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड नगरपालिका वडा नं.५ बस्ने अन्दाजी २८ वर्षीय सिद्धार्थ साह र सोही मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने २४ वर्षीय सुमित सोनी (साह) घाइते भएका थिए ।
Advertisement
घाइतेहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा सुमितको उपचारको क्रममा बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।







