धुलाबारी जेसिज वर्ष २०२५ को अध्यक्षमा डिल्लीराम भण्डारी निर्वाचित भएको छ ।
जेसिजको ४६ औँ वार्षिक साधारण सभाबाट भण्डारी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
त्यस्तै कार्यकारिणी उपाध्यक्षमा आशिष पौडेल र शैलेश गौतम तथा उपाध्यक्षमा सचेत घिमिरे, आर्यन पौडेल, जमिर अलि र सनम महरा चयन भएका छन् ।
त्यसैगरी महासचिवमा श्याम शिवाकोटी, कानुनी सल्लाहकारमा मनोज ढकाल, कोषाध्यक्षमा सुनिल राजवंशी र सहसचिवमा सुलभ भण्डारी चयन भएका हुन् । अन्य पदाधिकारीमा भने पद हस्तान्तरण समारोहमा मनोनित गरिने जनाइएको छ ।
त्यस्तै धुलाबारी जूनियर जेसिजको अध्यक्षमा सृजित ढुंगाना चयन भएका छन् ।
जूनियर जेसिजको छैटौँ वार्षिक साधारण सभाबाट ढुंगाना अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
यस्तै कार्यकारिणी उपाध्यक्षमा रोहन शाह र सचिन शाह तथा उपाध्यक्षमा दिक्षा तिम्सिना, उन्नति पाठक, सिम्रिका पौडेल र सौरभ शाह चयन भएका छन् ।
त्यसैगरी अन्य पदाधिकारीमा भने पद हस्तान्तरण समारोहमा मनोनित गरिने जनाइएको छ ।







