झापाको बिर्तामोड-६ मा अवस्थित बेस्ट फ्युचर स्कुलले सरस्वती पूजाको अवसरमा नर्सरीमा भर्ना अभियान सञ्चालन गर्ने भएको छ ।
स्कुलले माघ २१ गते सरस्वती पूजाको अवसरमा अक्षराम्भ कार्यक्रममा नर्सरीमा भर्नाका साथै कक्षा पाँच सम्मका विद्यार्थीहरुका लागि सिट बुकिङको भर्ना खुल्ला गरिएको स्कुलका प्रिन्सिपल पूजा दाहाल खरेलले जानकारी दिइन् ।
विद्यालयमा प्रविधिसहित बालमैत्री तबरले पठनपाठन हुने गरेको प्रिन्सिपल दाहालले बताइन् ।
Advertisement
सुसंस्कारसहित बाल मनोविज्ञानका आधारमा पठनपाठन हुँदै आएको विद्यालयमा अनुभवी शिक्षकहरुले अध्यापन गराउने गरेको संस्थापक सुरेन्द्र खरेलले बताए ।







