• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सभामुख घिमिरेको पहलमा १ करोड बराबरको अस्पतालजन्य सामग्री हस्तान्तरण


  •    संवाददाता/ बिहिबार, माघ १७, २०८१  

  • सभामुख देवराज घिमिरेको पहलमा करिब १ करोड बराबरको अस्पतालजन्य सामग्रीहरु बिर्तामोड र अर्जुनधाराका स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिएको छ ।

    बिर्तामोड नगरपालिकाको बिर्तामोड नगर अस्पताललाई ६८ लाख ६८ हजार बराबरको १३६ प्रकारका विभिन्न अस्पतालजन्य सामग्री हस्तान्तरण गरिएको हो भने अर्जुनधारा नगरपालिकाको खुदुनावारी स्वास्थ्य चौकीलाई २५ लाख १४ हजार बराबरको अस्पतालजन्य सामग्री प्रदान गरिएको छ ।

    Advertisement

    हेल्पिङ हेन्ड फर रिलिफ एण्ड डेभलपमेन्ट युएसएको आर्थिक सहयोग तथा वर्क फर नेपालको व्यवस्थापकीय सहयोगमा प्राप्त ती सामग्रीहरु बुधवार बिर्तामोड नगर अस्पताल र खुदुनावारी स्वास्थ्य चौकीमा पुगेर सभामुख घिमिरेले हस्तान्तरण गरेका हुन् ।

    Advertisement

    बिर्तामोड नगर अस्पताललाई सामग्री हस्तान्तरण गर्दै सभामुख घिमिरेले बिर्तामोड शिक्षा र स्वास्थ्य क्षेत्रमा हबको रुपमा विकास भइरहेको बताए ।

    कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईले विगतको तुलनामा स्वास्थ्य संस्थाले उल्लेख्य प्रगति हासिल गरेको बताइन् । नगर अस्पताललाई कमजोर बनाउने उद्देश्यले विगतमा विभिन्न समस्याहरु आएपनि त्यसलाई चिरेर अघि बढेको उनको भनाई थियो । नगर अस्पतालबाट चौबीसै घण्टा सेवा दिनका लागि आतुर रहेको बताउँदै उनले १२ घण्टे सेवा माघ २ गतेबाट सुरु भइसकेको जानकारी गराइन् ।

    अस्पतालजन्य सामग्री हस्तान्तरण कार्यक्रममा कोशी प्रदेशका खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्री एकराज कार्कीले प्रदेश सरकारबाट स्वास्थ्य क्षेत्रमा गरिरहेको कामका बारेमा जानकारी गराएका थिए । नगर अस्पतालका लागि सुविधासम्पन्न शुद्ध खानेपानीको व्यवस्थापन मिलाईदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    कोशी प्रदेशका सांसद चिन्तन पाठक, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुनिल अधिकारीलगायतले धारणा राखेका थिए ।

    हेल्पिङ हेन्ड फर रिलिफ एण्ड डेभलपमेन्ट युएसएको आर्थिक सहयोग तथा वर्क फर नेपालको व्यवस्थापकीय सहयोगमा यस वर्ष झापामा १ करोड ७१ लाख बराबरको अस्पतालजन्य सामग्री हस्तान्तरण गर्न लागिएको हो । कमल गाउँपालिकामा रहेको प्रादेशिक आयुर्वेद अस्पताललाई ४० लाख ५४ हजार बराबरको सामग्री प्रदान गरिएको थियो भने झापा गाउँपालिकास्थित कुमरखोद स्वास्थ्य चौकीलाई ३६ लाख बराबरको सामग्री प्रदान गर्ने कार्यक्रम रहेको वर्क फर नेपालका त्रिलोचन अधिकारीले बताए ।

    हेल्पिङ हेन्ड फर रिलिफ एण्ड डेभलपमेन्ट युएसएले वर्क फर नेपालको व्यवस्थापनमा विगत १५ वर्षदेखि नेपालका अस्पताल र स्वास्थ्य चौकीहरुलाई सहयोग गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.