पछिल्लो समय युवापुस्तामा धर्मप्रति आस्था घटिरहेको अवस्थामा झापाको मेचीनगरमा अवस्थित एउटा संस्थाले भने भिन्न किसिमको कार्यक्रमको आयोजना गरेको छ ।
मेचीनगर नगरपालिका वडा नं.१२ सहरेडाँगीमा रहेको विचार चौतारी युवा क्लबले भक्तिमय भजन प्रस्तुतिकरण कार्यक्रम बुधबार सम्पन्न गरेको हो ।
क्लबका अध्यक्ष नेत्रप्रसाद मिश्रको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि मेचीनगर-१२ का वडाध्यक्ष मधुसूदन निरौला रहेका थिए ।
उक्त कार्यक्रममा मेचीनगर-१२ र अर्जुनधारा-१० मा रहेका लक्ष्मीनारायण किर्तन मण्डली, सत्सङ्ग शान्ति किर्तन मण्डली, पुर्ण सरस्वती किर्तन मण्डली, पाथीभरा किर्तन मण्डली, पुर्णिामा किर्तन मण्डली, पुष्पाञ्जली किर्तन मण्डली, दुर्गा हनुमान किर्तन मण्डली, पन्चकन्या हरिकिर्तन मण्डली, माधव संस्कृत विद्याश्रम किर्तन मण्डली गरेर १० वटा भजन समुहको सहभागीता रहेको थियो ।
सोही अवसरमा सुप्रसिद्द भजन गायक रामजी कौशिक ढुंगानाको विशेष प्रस्तुति रहेको थियो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि मेचीनगर-१२ का वडाध्यक्ष निरौला, क्लबका पूर्व अध्यक्ष तथा कथावाचक हरिकृष्ण भण्डारी लगायतले आ-आफ्ना धारण राखेका थिए ।
उक्त कार्यक्रममा सहभागी भजन समुहलाई सहभागीताको प्रमाण पत्रसहित सम्मान समेत गरिएको थियो ।
पूर्व अध्यक्ष उत्सव भट्टराईले मन्तव्यबाट स्वागत गरेको कार्यक्रममा अध्यक्ष मिश्रले औचित्य माथि प्रकाश परेका थिए भने सञ्चालन महासचिव उमेश खतिवडाले गरेका थिए ।







