झापा बुद्धशान्ति गाउँपालिका-७ का ८० बर्ष माथिका ५५ जना ज्येष्ठ नागरिकलाई जाडोको न्यानो कपडा वितरण गरिएको छ ।
बुद्धशान्ति-७ वडा कार्यालयले आर्थिक बर्ष २०८१/०८२ का लागि बिनियोजित बजेट ५० हजार रुपैंयाबाट कम्बल खरिद गरि सोमबार एक कार्यक्रमको आयोजना गरि वितरण गरिएको जनाइएको छ ।
वडाध्यक्ष चन्द्र भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा सदस्य खगेन्द्र गड्तौला, डिकुरा घिमिरे, शष्टकुमार राई, राष्ट्रिय बिजय माध्यमिक विद्यालयका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिपेन लावती, पूर्व जनप्रतिनिधि मातृका निरौला, सामाजिक ब्यक्तित्व निरकुमार सुबेदी, ज्येष्ठ नागरिक बुद्धशान्ति-७ का संस्थापक अध्यक्ष कृष्णलाल निरौला लगायतको उपस्थिति रहेको थियो ।
Advertisement
वडा सदस्य खगेन्द्र गडतौलाले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन वडा सचिव ममता रिजालले गरेकी थिइन् ।







